मुस्लिम समाज नेपालगञ्जद्धारा निःशूल्क माक्स वितरण
बाँके, मुस्लिम समाज नेपालगनञ्जले निःशूल्क माक्स वितरण गरेको छ। विश्व व्यापी आतंक मच्चाइरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन मुस्लिम समाजले धम्बोझी चोकमा निःशूल्क माक्स वितरण गरेको हो ।
अहिलेसम्म १५९ वटा राष्ट्रमा फैलिएको कोरोनाको त्रास नेपालमा पनि फैलिन सक्ने जोखिम रहेकाले त्यसको पूर्वतयारीका रुपमा माक्स वितरण गरिएको मुस्लिम समाजका महासचिव मोहम्मद जुबेर राईले जानकारी दिए । राईले अहिलेसम्म कोरोनाको संक्रमण भएका व्यक्ति नेपालमा नदेखिएको र छिमेकी मुलुक भारतमा संक्रमित व्यक्ति भेटिएकाले नेपालमा पुर्व साबधानी अपनाउन खुला सिमा नाका बन्द गर्नु पर्ने भनाइ छ ।
उनले आज नेपालगञ्जमा पाँच सय माक्स वितरण गरिएको र भोलि खजुरामा माक्स वितरण गरिने बताए । राईले मुस्लिम समाजबाट दुई हजार माक्स बितरण गर्ने योजना रहेको पनि बताए ।
माक्स वितरण संग संगै समाजले साबुन पानीले हात धुन अनि स्वस्थ खाना खान र सुरक्षित तरिकाले बस्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ । सो अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायतको सहभागीतन रहेको थियो ।