चट्याङ्ग लागेर एक महिलाको मृत्यु
प्रकासित मिति : २०७६ चैत्र ८, शनिबार १२:२४
प्रकासित समय : १२:२४
गुल्मी, गुल्मीमा चट्याङ्ग लागेर शनिवार विहान एउटी महिलाको ज्यान गएको छ ।
जिल्लाको सत्यवती गाउँपालिका –३, ठुलोलुम्पेककी ३७ बर्षीया होमकला श्रीसको मृत्यु भएको हो ।
गएराती चट्याङ्ग लागेर पाल्पाको मिसन अस्पताल पुर्याइएकी श्रीसको उपचारका क्रममा शनिवार विहान मृत्यु भएको पाल्पाका प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीले पुष्टि गरे ।
एसपी जिसीका अनुसार श्रीसको जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरिदूँछ ।