मृगौला पिडित बिर्षे कामीद्भारा सहयोगको याचना

 अछाम, मिर्गौला रोगाबाट पिडित बिर्ख कामीले उपचारको लागी सहयोगको याचना गरेका छन् । अछामको पन्चदेवल विनायक नगरपालिका वडां नं. ७ पुल्लेतोलाका बिर्षे कामीले आफ्नो मिर्गौलाको उपचारको लागी सहयोगको याचना गरेका हुन् ।

एउटा मिर्गौला फेल भएको र अर्कोले पनि काम नगर्ने भएपछि हाल भारतको भारतको अहमदाबादमा रहेको सन्जिबनी सुपर स्पेसलिटी हस्पिटलमा उपचार गराइरहनु भएका कामीको उपचारको हाल सम्म ७ लाख भारतिय रुपैया खर्च भैसकेको छ । उनको उपचारको लागी थप करिब १२ लाख भारतिय रुपैया आवस्यक पर्ने अस्पताले बताएको छ ।

उनको उपचारमा संलग्न उक्त अस्तपतालका डा. शुन्दर सिँहका अनुसार समयमै उनले उपचार नपाए ज्यानै जाने खतरा रहेको बताए । जिवन र मृत्युको दोसाँधमा रहेका कामीका लागि देश बिदेशमा रहेका सम्पुर्ण नेपालीलाई सहयोग गरिदिन उनकाे परिवारले अपिल गर्दे आएको छ ।

आ-आफ्नो ठाँउ वाट सहयाेगि हातहरुकाे अाशा गरिएकाे उनका अाफन्त गाेर्ख बिकले बताए । उनलाई भारतमा सहयोग गर्नको लागि राजेश खडक साेनिको खाता नम्बर :66026085340 State Bank Of India, IFSC Code :SBIN0060239 नेपालका लागी गोर्ख बिकको मोन ९८६८१४०१४१ मा सम्पर्क गरी उनको नाममा रहेको माछापुच्छ्रे बैंकको खाता नम्बर 8440524652926012 गर्न सक्नु हुनेछ । मिर्गौला रोगबाट पिडित ३५ बर्षिय कामिका श्रीमती सहित २ छोरी र एक छोरा रहेका छन ।