वायुसेवा निगमद्वारा नयाँ दिल्ली, मुम्बई र बैंगलोर उडान बन्द
प्रकासित मिति : २०७६ चैत्र ७, शुक्रबार १४:४८
प्रकासित समय : १४:४८
काठमाडौं,नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्ली, मुम्बइ र बैंगलोरमा गर्दै आएको नियमित उडानहरु स्थगित गरेको छ ।
निमगले चैत्र ९ देखि लागु हुने गरी उडान स्थगित गरेको हो । भारतको डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसनबाट कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचना अनुसार ती गन्तव्यको नियमित उडान बन्द गरिएको निगमले जनाएको छ ।
चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने निगमले जनाएको छ ।
निगमले यसअघि नयाँ दिल्लीको उडान संख्या घटाएको थियो भने कतार, मलेसियालगायतका गन्तव्य उडान स्थगित गरेको थियो ।