प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ५ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।

सरकारले नोभल कोरोना भाइरसबाट सचेत रहन आह्वान गरेको केही दिनपछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधनका क्रममा सरकारी सञ्चारमाध्याम बाहेक अरु पत्रकारलाई प्रवेश नदिइएको जनाइएको छ । दोश्रोपटक मृर्गौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका ओलीलाई संक्रमण हुने डरले सम्बोधनका क्रममा अन्य पत्रकारहरुलाई प्रवेश नदिइएको जनाइएको छ ।

सम्बोधन नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुनेछ । सरकारले यसअघि नै २५ जनाभन्दा बढीको भीड नगर्न सर्वसाधारणलाई आह्वान गरिसकेको छ ।