कोरोनाका कारण इन्डोनेसियामा २५ जनाको मृत्यु
प्रकासित मिति : २०७६ चैत्र ७, शुक्रबार ११:३३
प्रकासित समय : ११:३३
इन्डोनेसियामा कोरोना भाइरसद्वारा संक्रमित २५ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको नोभेल कोरोनाभाइरसबारे जानकारी दिने टोलीका प्रवक्ता अचमाद युरियान्तोले जानकारी दिए ।
बिहिबार इन्डोनेसियामा मा ६ जनाको मृत्यु भएको थियो जसमध्ये पाँचजना राजधानी जकार्ताका थिए भने एक व्यक्ति मध्य जाभाका थिए ।
कोरोना संक्रमितको मृत्युमा इटालीले चीनलाई उछिनेको छ । समाचार एजेन्सीहरुका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ । चीनमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको तुलनामा यो संख्या १५६ ले बढी हो ।