काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं ,काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ ।

शुक्रबार बिहान काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो । बिहान ७ बजेर २० मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले हल्लाएपछि मानिसहरुले सामाजिक सञ्जालमार्फत धक्का महसुस गरेको बताएका छन् ।

चीनको तिब्बत केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । नेपालमा यसको धक्का काठमाडौँसहितका क्षेत्रमा पनि महसुस गरिएको हाे ।