अज्ञात समूहको गोली प्रहारबाट घाइते मोक्तानलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

मकवानपुर,अज्ञात समूहको गोली प्रहारबाट मकवानपुरको कैलाश गाउँपालिका–८ का लालबहादुर मोक्तान घाइते भएका छन् ।

गम्भीर घाइते भएका तीस वर्षीय मोक्तानको उपचारका लागि मनाङ एयरको हेलिकोप्टरबाट काठमाडौँतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले बताए । उनका अनुसार आज बिहान अज्ञात समूहले मोक्तानमाथि गोली प्रहार गरेको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोक्तानलाई कसले र किन गोली प्रहार गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान टोली गठन गरी छानबिन गरिरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।