जिप दुर्घटना हुदा चालकको मृत्यु
प्रकासित मिति : २०७६ चैत्र ६, बिहीबार १९:३८
प्रकासित समय : १९:३८
बुटवल , गुल्मीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुई जना यात्रु गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार तुराङ्ग पिपलपाटा जाँदै गरेको लु २ च ७७५१ नम्बरको जिप चन्द्रकोट गाउँपालिका ८ को तुराङ्ग मजुवामा पल्टिदा चालक गुल्मीको धुर्कोट गाउँपालिका ६ का २४ वर्षीय मनिस जिसीको मृत्यु भएको हो ।
दुर्घटनामा जिपमा सवार चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय श्याम आचार्य र गुल्मीद्वार गाउँपालिका वडा नम्बर २ निवासी ३० वर्षीय शिषिर गौतम गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइते दुवै जनालाई स्थानीय मेडिकलमा समान्य उपचारपछि पाल्पा पठाइएको छ ।भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।