अत्यधिक मादक पदार्थ सेवनबाट श्रीमतीको हत्या

बागलुङ , ढोरपाटन नगरपालिका-७ का एक वृद्धले श्रीमतीको हत्या गरेका छन्।

बुधबार राति ६२ वर्षीया देवीराम विकले ५० वर्षीया श्रीमती गौरालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्। देवीरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ। राती नौ बजेको समयमा देवीरामले फलामको गैंचीले पत्नीको टाउकोमा हानेका थिए। घाइते गौराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

हत्याको सूचना पाएर घटनास्थलमा पुगेको प्रहरी टोलीले बिहीबार बिहान देवीरामलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको छ।

नियन्त्रणमा लिइएका देवीरामले सामान्य घरायसी विवाद रअत्यधिक मादक पदार्थ सेवनका कारण पत्नी हत्या गरेको प्रहरीसमक्ष बयान दिएका बागलुङका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी छन्। मृतक गौराको शव प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा पोस्टमार्टम गरी बुहारी कल्पना विकलाई बुझाइएको प्रहरीले जनाएको छ।