अछाममा भीरबाट लडेर जनप्रतिनिधिको मृत्यु

धनगढी । भीरबाट लडेर अछाममा एकजना जनप्रतिनिधिको ज्यान गएको छ ।रामारोशन गाउँपालिका–६, का वडासदस्य मानसिंह साउदको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, अछामले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी नायव उपरीक्षक दीपक भारतीले भीरबाट लडेर ज्यान गुमाएको र बुधबार बिहान शव भेटिएको बताए ।

‘प्रारम्भिक अनुसन्धानले भीरबाट लडेर ज्यान गएको पाइएको छ,’ उनले भने, ‘थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुग्दै छ ।’