निमार्णको अन्तिम चरणमा सुर्खेत भैगेरिचौरको शहिद पार्क
प्रकासित मिति : २०७६ चैत्र ५, बुधबार ०७:४०
प्रकासित समय : ०७:४०
सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा निमार्ण सुरु भएको शहिद पार्क निमार्णको अन्तिम चरणमा पुगेको छ । बिरेन्द्रनगर ४ भैरबस्थानको भंगेरिचौरमा निमार्ण भएको शहिद पार्क निमार्णको अन्तिम चरणमा पुगेको हो ।

बन तथा बाताबरण निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको आयोजना र अभियान निमार्ण सेवा कालिकोटले १ करोड १३ लाख ५१ हजार लागतमा निमार्ण गर्न लागेको शहिद पार्क निमार्णको अन्तिम चरणमा पुगेको निमार्णकर्ता गोगनबहादुर मल्लले जानकारी दिए ।

मल्लका अनुसार ९० प्रतिशत काम भैसकेको बताइएको छ । २०७६ भदौबाट सुरु भएको पार्क ७७ असाढसम्मा निमार्ण गरिसक्नु पर्नेछ । पार्कका आकर्षणका रुपमा शहिद स्तुपा,ठुलो र साना गरि २ वटा फाउन्टेन,रेक्रेशनल पार्क रहेका छन । मल्लले ताेकेकै मितिमा काम सक्ने जानकारी दिएका छन ।


