सुनको मूल्य बढेर, कति पुग्यो

काठमाडौं,सुनको भाउ बुधबार पुन: बढेको छ । सुनको मूल्य बुधवार तोलामा एक हजार रुपैयाँले बढेको हो ।

मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने स्थीर रहेको महासङ्घले जनाएको छ । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।