नेपाली सेनाको ब्यारेकभित्र करेन्ट लाग्दा एकजनाको मृत्यु
प्रकासित मिति : २०७६ चैत्र ५, बुधबार २१:३५
प्रकासित समय : २१:३५
बाँके, चैत ५ गते । बाँकेको कौशिलानगरस्थित नेपाली सेनाको भवन बनाउने क्रममा आज करेन्ट लागेर एकजना मजदुरको ज्यान गएको छ ।
नेपाली सेनाको शिक्षालयको परिसर नजिकै सामुदायिक वनभित्र बनिरहेको नयाँ भवनमा काम गरिरहेका कोहलपुर नगरपालिका २ का ५० बर्षिय सोहनलाल थारुको करेन्ट लागेर ज्यान गएको हो ।
भवनको जग खन्ने बेला बनेको खाल्डोमा रहेको पानी फाल्ने क्रममा थारुलाई करेन्ट लागेको नेपाली सेनाको कौशिलानगर व्यारेकले जनाएको छ।