नेकपा छोडेर कांग्रेस प्रवेश बस्नेतको गाडीमा तोडफोड !
प्रकासित मिति : २०७६ चैत्र ५, बुधबार ११:०२
प्रकासित समय : ११:०२
काठमाडौं– भक्तपुरमा केही समय अघि नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका जगदीश बस्नेतको गाडी तोडफोड भएको छ ।
चैत ३ गते सोमबार राति जगदीशको घर अगाडि आँगनमा रोकिराखेको बा ८ प ५८२८ नम्बरको कार तोडफोड भएको हो । गाडी तोडफोड राजनीतिक प्रतिशोधमा भएको भएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।
नेकपाका नेता महेश बस्नेतले राजनीतिक प्रतिशोध साँधेको आरोप भक्तपुर कांग्रेसले लगाएको छ । बस्नेतको भक्तपुरस्थित निवासको अगाडि आँगनमा रोकिराखेको गाडी नेता बस्नेतले तोडफोड गर्न लगाएको कांग्रेस कार्यकर्ताको आरोप छ ।
यसले नै गरेको हो भन्ने नभए पनि प्रतिशोधका रुपमा महेशको समूहले आफ्नो गाडीमा क्षति पुर्याएको दावी जगदीशको छ ।