कोरोना भाइरसबाट बंगलादेशमा पहिलो एक जनाको मृत्यु

ढाका, कोरोना भाइरसको संक्रमणका कारण बंगलादेशमा पहिलो पटक एक जनाको ज्यान गएको छ ।

बंगलादेशको समाचार संस्था द डेली स्टारले इन्स्टिच्युट अफ इपिडिमियोलोजी, डिजिज कन्ट्रोल एण्ड रिसर्चलाई उद्धृत गर्दै बंगलादेशमा पहिलो पटक कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको जनाएको हो । मृतक ७० वर्षभन्दा बढी उमेरको रहेको जनाइएको छ ।

बंगलादेशका विभिन्न क्षेत्रमा हालसम्म १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा भने तीन पुरुष तथा एक महिला गरी ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ ।