कोरोना फैलिन नदिन श्रीलंकामा कर्फ्यू
प्रकासित मिति : २०७६ चैत्र ५, बुधबार १७:५९
प्रकासित समय : १७:५९
कोलम्बो, कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि श्रीलंकाले देशका केही स्थानमा कर्फ्यू जारी गरेको छ ।
श्रीलंका प्रहरीले बुधबार मुलुकका पुत्तालम जिल्लाका ११ स्थान, चिल्ला क्षेत्रका ७ स्थान र कोचिकादे क्षेत्रमा बुधबार दिउँसो साढे ४ बजेबाट लागू हुनेगरी कर्फ्यू जारी गरेको हो ।
यो क्षेत्रमा क्षेत्रमा इटलीबाट फर्केका व्यक्ति धेरै रहेका प्रहरीको भनाइ छ । मुलुकले क्वारेन्टाइनको व्यवस्था गर्नुअघि नै ४ हजारभन्दा धेरै मानिसहरु प्रवेश गरेको र तीमध्ये ८ यस जना इटालियन नागरिक छन् ।
ती ८ सय मध्ये अधिकांश इटालियनहरु पुत्तालम क्षेत्रमा खुलेआम घुमिरहेका कारण जोखिम बढेको भन्दै कर्फ्यू जारी गरिएको हो । उनीहरुलाई तत्काल नजिकैको अस्पताल गई दर्ता हुन आह्वान गरिएको छ । हाल श्रीलंकामा २,२२८ जनालाई मुलुकका विभिन्न १६ क्षेत्रमा रहेका क्वारेन्टाइनमा राखिएको छ ।