यसकारण साँफेबगर विमान स्थलमा ‘हेल्थ डेस्क’ स्थापना
अछाम, कोरोना भाइरसको जोखिमलाई न्युनिकरणको लागी साँफेबगर विमान स्थलमा ‘हेल्थ डेस्क’ स्थापना छ ।
कोरोना भाइरसको सम्भावित जोखिमलाई लक्षित गरी आज बिमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको साँफेबगर स्वास्थ्य शाखाका प्रमुख पुष्प बहादुर वुढाले जानकारी दिए ।काठमाडौंबाट साँफेबगर आउने सबै यात्रुको सामान्य चेकजाँच गर्नुका साथै स्वास्थ्य शिक्षाको वारेमा जानकारी दिने स्वास्थ्य शाखाका प्रमुख वुढाले बताए । सोमबारबाट सञ्चालन गरिएको हेल्थ डेस्कमा एक जना स्वास्थ्यकर्मीलाई खटाएको छ ।
हेल्थ डेस्कमा शंकास्पद बिरामी फेला परे थप अनुसन्धान र उपचारका लागि स्वास्थ्य संस्थामा पठाइने उनले बताए । हेल्थ डेस्क स्थापना कार्यक्रममा नगरपालिकाका प्रवक्ता वालगिरी कुँवर लगायतको सहभागिता रहेको थियो ।
यस अघि जिल्लाको मुख्य नाका चौरपाटी गाउँपालिका वडा नं.६ दूनि स्थित चौखुट्टे बजार र वेलखेतमा पनि हेल्थ डेक्स स्थापना गरिएको छ ।