कोरोना भाइसविरुद्धको पहिलो खोप अमेरिकी महिलामा परीक्षण गरियो
प्रकासित मिति : २०७६ चैत्र ४, मंगलवार ०९:०१
प्रकासित समय : ०९:०१
एजेन्सी, कोरोना भाइरसविरुद्धको खोपको पहिलो परीक्षण ४३ वर्षीया महिलामा गरिएको छ।अमेरिकाको सियाटल निवासी जेनिफर हलरलाई कोरोनाविरुद्धको खोप परीक्षण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। सो खोप परीक्षणका क्रममा कोरोना भाइरसको कपि गरएिको जेनेटिक कोड उनको शरीरमा पठाइएको र त्यसले उनको शरीरमा कुनै असर नगर्ने बताइएको छ।
विज्ञहरूले हाल अनुसान्धानका क्रममा यो वा अन्य कुनै पनि भ्याक्सिनले काम गर्छ कि गर्दैन भन्ने थाहा पाउन अझै धेरै महिना लाग्ने बताएका छन्। विश्व भरका वैज्ञानिकहरु छिटो तरीकाबाट कोरोना विरुद्धको खोप अनुसन्धानमा जुटेको छन्।
अमेरिकाको नेशनल इन्टिच्यूट अफ हेल्थको आर्थिक सहयोगमा यो पहिलो मानवमा गरिएको परीक्षण हो। सामान्यतया यस्ता परीक्षणहरू जनावरमा गरिने गरिन्थ्यो।