पोखरामा अमेरिकी नागरिकको मृत्यु

पोखरा ,नेपाल घुम्न आएका अमेरिकी नागरिक मार्क स्कोनि फिल्डको पोखरामा मृत्यु भएको छ । बिहान करिब ९ बजे लेकसाइडको एक होटलमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।         

७० वर्षीय मार्क बसेकै होटलको कोठामा मृत अवस्थामा फेला परेका थिए । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार उनको पासपोर्ट नम्बर ५९५६२४७१२ रहेको छ ।

उनी पोखरा महानगरपालिका ६ डिहिकोपाटन स्थित भिलेज इन होटलमा ७ दिनदेखि बस्दै आएका थिए । उनको शवलाई स्वदेश फिर्ता पठाउने तयारी भइरहेको प्रहरीको भनाई छ ।