चिनियाँ कामदार नफर्किंदा हुवासिन सिमेन्ट उद्योगको निर्माण ठप्प
धादिङ, चिनियाँ लगानीमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगमा निर्माण काम ठप्प भएको छ । निर्माणमा खटिएका ७ सय प्रााविधिकमध्ये ४ सय जना कोरोना फैलन नपाउँदै नयाँ वर्ष मनाउन माघ पहिलो साता चीन गएका थिए । उनीहरू काममा नफर्किंदा उद्योग निर्माणको काम ठप्प भएको हो ।
उद्योगका स्थानीय व्यवस्थापक तुलसीजंग थापाले भने, ‘धमाधम काम भइरहेको थियो, मुख्य खानीसम्म पनि सडक मार्ग पुर्याइसकिएको छ, जेठदेखि नै उत्पादन आरम्भ गर्ने लक्ष्य थियो । चिनियाँ प्रााविधक फर्कन नपाएकाले उत्पादनमा ढिलाइ हुने भएको छ । आगामी कात्तिकबाट उत्पादन सुरु गर्ने लक्ष्य लिएका छौं ।’
निर्माणाधीन उद्योगमा रहेका तीन सय चिनियाँ नागरिकको स्थानीय प्रशाासनले निगरानी बढाएको छ । दैनिक रूपमा प्रहरी आएर संख्या गणना गर्ने गरेको छ । ‘बिदा मनाएर फर्कने दुई सय प्राविधिक क्वारेन्टाइनमा बसेको भन्ने खबर प्राप्त भएको छ । हाल भइरहेका बाहेक थप चिनियाँ आएरनआएको बारे हामी सतर्कता अपनाउने छौं,’ बेनीघाट गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले भने ।

