कोरोना भाइरसले दोस्रोपटक पनि आक्रमण गर्छ
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका व्यक्तिमा यसले असर गर्छ कि गर्दैन? यो कोरोना भाइरसको उदय भएयताको सबैभन्दा महत्त्वपूर्ण विषय बनेको छ। त्यस्तै, यसले हाम्रो प्रतिरक्षा प्रणालीमा के अर्थ राख्छ।
सोमबार बेलायतमा सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भालान्स र बोरिस जोन्सनका प्रमुख चिकित्सा सल्लाहकार प्रा. क्रिस व्हिट्टीले जनतालाई यस विषयमा आश्वासत पार्न खोजे। ‘जो एकपटक भाइरसको संक्रमणबाट गुज्रिएको छ, उनीहरूले केही प्रतिरक्षा विकास गर्दछन्’, उनीहरूले भने, ‘र, यो संक्रमणले दोस्रोपटक आक्रमण गर्न सक्दैन।
‘ गत महिना जापानका अधिकारीहरूले कोरोना भाइरसको संक्रमणबाट मुक्त घोषित महिलामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएपछि यस्तो प्रश्न उब्जिएको हो। वैज्ञानिकहरूलाई यो समाचारले अलमल्लमा परेको छ। लीड्स युनिभर्सिटीका भाइरस विज्ञ प्रोफेसर मार्क ह्यारिसले यस्तो अवस्थामा पुनर्स्थापना ‘असम्भव’ हुने बताउँदै भने, ‘वैज्ञानिक विज्ञताका आधारमा भन्दा जनावर (मुख्यतया चमेरा)बाट कोरोनाभाइरस संक्रमण हुने प्रमाणहरू भेटिएका छन्।’
भ्याल्यान्सलाई सोमबार सोध्दा जापानी ती महिलामा प्रतिरक्षा शक्तिमा ह्रास आएका कारण दोस्रोपटक कोरोना भाइरसको संक्रमण भएको बताउँदै यस्ता घटना विरलै भएको बताइन्। कोरोना भाइरसले पुनः आक्रमण गर्छ भन्ने कुनै गम्भीर प्रकृतिका प्रमाण नभेटिएका पनि बताइन्। यता, हाम्रो शरीरमा छोटो समयसम्म रोगसँग लड्ने प्रतिरक्षा शक्ति भए पनि लामो समयसम्म रोगसँग लड्ने प्रतिरोधी क्षमता नहुने प्रा. ह्विट्टी बताउँछन्।
ब्राइटन र ससेक्स मेडिकल स्कुलका संक्रामक रोग विशेषज्ञ प्रोफेसर जोन कोहेनले भन्छन्, ‘पुनर्संक्रमणका बारेमा अझै हामीलाई थाहा छैन। किनकि हामीले संक्रमणबाट बच्नका लागि एन्टिबडी परीक्षण गर्न सकेका छैनौँ। यद्यपि हामी चाँडै यस काममा सफलता पाउने छौँ।’ ‘यो संक्रमण पनि अरू फ्लुको संक्रमणजस्तै हो भन्न सकिन्छ, एकपटक यो भाइरसले हाम्रो शरीरमा आक्रमण गरेपछि सामान्यतया शरीरले प्रतिरक्षा प्रणाली विकास गर्न थाल्छ, त्यसपछि यसको प्रभाव नपर्ला। यसमा अपवादका साथै व्यावहारिक अपेक्षा पनि छन्।’