आगामी तीन दिनको मौसमको

काठमाडौं,  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ ।

आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै विभागले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान

मंगलबार

दिउँसोः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

बुधबार

दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पूर्वी र मध्य पहाडी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

बिहिबार

दिउँसोः देशको पहाडी भू-भागमासामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। देशको पूर्वी र मध्य पहाडी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ। रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।