बाजुराको जगन्नाथ गाउपालिकाका कार्यालयमा बम बिस्पोट
प्रकासित मिति : २०७६ चैत्र ३, सोमबार १६:०१
प्रकासित समय : १६:०१
बाजुरा, बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा रहेको जगन्नाथ गाउपालिकाको गेट नजिकै बम बिस्फाेट भएको छ । आइतवार राति साढे एक बजे गाउपालिकाको गेट भन्दा ५० मिटरको दुरीमा बम बिस्फाेट हुदा स्थानिय कर्मचारी तथा जनप्रतिनिधि चिन्तित बनेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी टंकप्रशाद भट्राईका अनुसार गाउपालिका भन्दा केही पर पट्केको अपुष्ट खबर आएको वताएका छन । प्रहरी चौकी जुडीमा फोन सम्पर्क नभएकोले पूर्ण जानकारी नआईसकेको बताए ।
बम बिस्फाेट बाट क्षेति कुनै नभएपनि स्थानियहरु त्रसित बनेको जगन्नाथ गाउपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिए ।
गाउपालिकाको गेटको आडैमा जुडी प्रहरी चौकी छ । गेट नजिकै आएर बम बिस्फाेट भएपनि सुरक्षा फितलो भएको भान स्थानियहरुको रहेको छ । बम कस्ले किन लागी बिस्फाेट गरेको कुनै जानकारी नभएको डिएपी भट्राईले बताए ।