स्विस फुटबलका अध्यक्ष डोमिनिक ब्लाचलाई कोरोना संक्रमण
प्रकासित मिति : २०७६ चैत्र ३, सोमबार ०८:०८
प्रकासित समय : ०८:०८
एजेन्सी, स्विस फुटबल फेडेरेसनका अध्यक्ष डोमिनिक ब्लाचलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
अध्यक्ष डोमिनिकले आफुलाई कोरोनाको संक्रमण देखिएको र अहिले आराम गरिरहेको बताएका बीबीसीले उल्लेख गरेको छ ।
७० वर्षीय अध्यक्ष डोमिनिकले आफुलाई घाँटी दुख्ने र खोक्नु परेको कारण क्वारेन्टाइनमा बसेको समेत बताएका छन् । तर,आफ्नो अवस्था अहिले सामान्य रहेको उनले बताएका छन् । ‘मलाई सामान्य फ्लुको लक्षण मात्र महसुस हुन्छ,’ उनले भनेका छन् ।
कोरोनाको कारण स्विजरल्याण्डमा अहिले सम्पूर्ण खेलकुद गतिविधि बन्द गरिएको छ । स्विजरल्याण्डमा कोरोनाको संक्रमणका कारण १३ जनाले ज्यान गुमाएका छन् भने २ हजार २ सयमा कोरोना संक्रमण देखिएको छ ।