रौतहटमा पेस्तोलसहित एक जना पक्राउ
प्रकासित मिति : २०७६ चैत्र ३, सोमबार १५:०५
प्रकासित समय : १५:०५
रौतहट,सशस्त्र प्रहरी बलले रौतहटबाट दुई थान पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सोमबार रौतहटको यमुनामाई गाउँपालिका ३ राजपुर तुलसीबाट स्थानीय शेष बैतुल्लालाई पक्राउ गरेको हो ।

उनको साथबाट चाइनिज पेस्तोल एकथान, म्याग्जिन एकथान र गोली २ वटा, कटुवा पेस्तोल एउटा र विभिन्न देशका नोट समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं ११ गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले जानकारी दिए ।

