मट्टितेल ,डिजेल र पेट्रोलको मूल्य घट्यो
प्रकासित मिति : २०७६ चैत्र ३, सोमबार १९:५०
प्रकासित समय : १९:५०
काठमाडौं,नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा समान २ रुपैयाँ घटाइएको छ।