पोर्चुगलमा कोरोना संक्रमणको आशंका ६० जना नेपाली क्वारेन्टाइनमा

लिस्बन, पोर्चुगलमा कोरोना भाइरस संक्रमणको आशंकामा ६० जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ ।

दक्षिणी पोर्चुगलको फारो शहरनजिकै नेपालीहरुको समूहमा कोरोना भाइरसको संक्रमण देखा परेको हो । यसअघि ७४ नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको जनाइए पनि पछि १४ जनालाई बाहिर जान दिइएको थियो ।

कृषि क्षेत्रमा काम गर्नका लागि वैदेशिक रोजगारीमा त्यहाँ पुगेका नेपालीहरुलाई कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा राखिएको पोर्चुगिज सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुलाई सार्वजनिक सुरक्षा प्रहरीको रोहबरमा क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।