काभ्रेमा ट्रिपरको ठक्करबाट आमा र छोराको मृत्यु
प्रकासित मिति : २०७६ चैत्र ३, सोमबार १९:५७
प्रकासित समय : १९:५७
काभ्रे,काभ्रेमा ट्रिपरको ठक्करबाट आमा र बच्चाको मृत्यु भएपछि आक्रोशित स्थानीयले पनौती बसपार्कमा अवरोध गरेका छन् ।
उनीहरुले क्षतिपूर्तिसहित ट्रिपर चालकलाई कारबाहीको माग राख्दै विरोध प्रदर्शन गरेका हुन् । स्थानीयको अवरोधका सवारी साधन चल्न सकेका छैनन् । उनीहरुले सडकमा टायर बालेर सडक अवरुद्ध गरेका छन् ।
सोमबार बा ५ ख ५४८० नम्बरको ट्रिपरले पनौती बसपार्कमा खानिखोला गाउँपालिका १ की २७ वर्षीया जुनीमाया गोले र उनको बच्चालाई ठक्कर दिँदा घाइते भएका थिए ।
उनीहरुको उपचारका क्रममा शिर मेमोरियल अस्पतालमा निधन भएको थियो । ट्रिप्परका चालक रोशी गाउँपालिका ६ का नबराज थापालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान जारी राखेको छ ।