सल्यानमा चट्याङ पर्दा दुईवटा घरमा क्षति
प्रकासित मिति : २०७६ चैत्र २, आईतवार १३:२०
प्रकासित समय : १३:२०
सल्यान ,शनिबार राति परेको चट्याङका कारण सल्यानमा २ वटा घरमा क्षति भएको छ ।
जिल्लाको सिद्धकुमाख गाउँपालिका २ मेलचौर निवासी धनीराम चलाउनेको दुई घरमा चट्याङले क्षति पुर्याएको हो । शनिबार राती परेको चट्याङले चलाउनेका २ वटा घर र घरमा रहेका केही सामानहरुमा क्षति पुगेको छ।
चट्याङ लागेर घरको भुइँतला जलेको छ । भुईतलाको एउटा कोठामा रहेको सोलार र कपडा समेत जलेको चलाउनेले जानकारी दिए। चट्याङ पर्दा घरको भित्ता चर्किएपनि मानवीय क्षती भने नभएको स्थानीय राजेश डाँगीले बताए।