शितगङ्गामा असिनाले चुटेर बालकको मृत्यु

शितगङ्गा,अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ ।

नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश विष्टले बताए ।

सुस्त मनस्थितिका नेपाली शनिबार दिउँसो रजियाको रातामाटाको घरबाट हिँडेको र डोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा मृत भेटिएका डिएसपी विष्टले बताए ।

बाक्लो असिनाले चुटेरनै बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको विष्टको भनाइ छ ।