प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा राखिएको स्टेन्ट निकालियो

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका क्रममा राखिएको स्टेन्ट निकालिएको छ ।

मुत्र नलीमा राखिएको स्टेन्ट निकाल्न आइतबार बिहान प्रधानमन्त्री त्रिवि शिक्षण (टिचिङ) पुगेका थिए । प्रधानमन्त्री ओलीका निजी चिकित्सक दिव्य सिंह शाहका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा राखिएको स्टेन्ट निकालेपछि उनी आजै आफ्नो निवास बालुवाटार फर्किने छन् ।

‘मिर्गौला प्रत्यारोपण गरेको समयमा स्टेन्ट राखिएको हुन्छ, त्यहि निकाल्न उहाँलाई अस्पताल लगिएको हो,’ डा शाहले खबरहबसँग भनिन्, ‘स्टेन्ट निकालेर उहाँ केही समयमै बालुवाटार फर्किनुहुन्छ, अरु स्वास्थ्य परीक्षण गराउनुपर्ने छैन ।’ फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली १२ दिनको अस्पताल बसाइ पछि शुक्रबार डिस्चार्ज भएका थिए ।