प्रचण्डसँग सातै प्रदेशका प्रमुखको भेटवार्ता
प्रकासित मिति : २०७६ चैत्र २, आईतवार १४:००
प्रकासित समय : १४:००
काठमाडाैं ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका मुख्यमन्त्रीहरूले भेटवार्ता गरेका छन्।
मुख्यमन्त्रीहरूले प्रचण्डसँग प्रदेशमा भएका समस्याहरूबारे जानकारी गराएको प्रचण्डको सचिवालयले जनाएको छ।
जवाफमा प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याहरूका बारेमा पार्टी र सरकारमा छलफल गरेर समस्याको हल गर्न प्रयत्न गर्ने बताएको उनको सचिवालयले जनाएको छ।