कास्कीको लुम्लेमा पौने ८ बजे भूकम्पको धक्का

कास्की,कास्कीमा आइतबार साँझ भूकम्पको धक्का महशुस भएको छ ।

लुम्लेलाई केन्द्र बनाएर आइतबार साँझ पौने ८ बजे ५.० रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पका कारण स्थानीय त्रसित बनेका छन् । पोखरा र कास्की आसपासमा भूकम्पको धक्का महसुस भएको जनाइएको छ । भूकम्पबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।