काठमाडौंमा लाखौ माक्ससहित कालोबजारी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, कारोना भाइरसको प्रकोपटका बीच सर्जिकल माक्सको कालोबजारी गर्नेविरुद्ध प्रहरीले विशेष अपरेशन चलाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको संयोजनमा मातहतको महानगरीय प्रहरी परिसर काठमाडौंले मास्क कालोबजारी गर्नेविरुद्ध अपरेशन सञ्चालन गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार काठमाडौंको कपन र सतुंगल क्षेत्रबाट गरी ३ लाख २० हजारभन्दा बढी माक्स बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा गोदाममा छापा मारेको प्रहरीले कपनबाट १ लाख ५० हजार र सतंगुलबाट १ लाख् ७० हजार माक्स बरामद गरेको हो । प्रहरीले माक्सको कालोबजारी गर्ने केही व्यक्तिलाई समेत पक्राउ गरेको छ । तर, पक्राउ पर्ने व्यक्तिको संख्या भने यकीन हुन सकेको छैन ।

काठमाडौं परिसरको टोलीले शनिबार मात्रै ७८ हजार माक्ससहित ८ जनालाई पक्राउ गरेको छ ।