आजको मौसम : मेघगर्जन र वर्षाको सम्भावना
प्रकासित मिति : २०७६ चैत्र २, आईतवार ०७:५२
प्रकासित समय : ०७:५२
काठमाडौं , देशको पश्चिमी भूभागमा सामान्य बदली र मध्य तथा पूर्वी भूभागमा आंशिक बदली रहेको छ।
बाँकी भुभागको मौसम समान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो भने देशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाकाकी मौसमविद सजिना शाक्याले जानकारी दिइन्। दिउँसो देशका पश्चिमी भू–भागमा सामान्य बदली रहि बाँँकी भूभागमा आंशिक बदली रहने शाक्याले बताइन्। राति देशका पहाडी भागको मौसम आंशिक बदली रहनेछ।
आज बिहान काठमाडौ उपत्यकाको न्युनतम तापक्रम ८ दशमलब १ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो बढेर २४ डिग्री सेल्सियस सम्म पुग्न सक्ने अनुमान गरिएको छ।

