चट्याङसहित असिना र हिमपात हुने पूर्वानुमान
प्रकासित मिति : २०७६ चैत्र १, शनिबार ०७:३३
प्रकासित समय : ०७:३३
काठमाडौँ , पश्चिमी वायूको प्रभावले आज देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले निकालेको सूचनामा उल्लेख छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।
आज राति देशका अधिकांश भूभागमा सामान्य बदली रहने छ । देशका पश्चिमी भूभागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी भूभागका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ् असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
पूर्वानुमान महाशाखाका अनुसार आइतबार पनि देशका केही पहाडी भेगमा मेघगर्जन, चट्याङसहित बर्षाको सम्भावना छ । सोमबारदेखि भने मौसममा सुधार हुने पूर्वानुमान गरिएको छ ।

