कोरोना भाइरसको असर : अमेरिकामा संकटकाल घोषणा

काठमाडौं , कोरोनाभाइरसका कारण ४९ जनाको मृत्यु भएपछि अमेरिकाले राष्ट्रिय संकटकालको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न मद्दत गर्न भन्दै शुक्रबार राष्ट्रिय संकटकाल घोषणा गरेका हुन्।

अमेरिकी सरकारले अब विपतको राहतका लागि ५० अर्ब डलर खर्च गर्ने पनि उनले बताएका छन् । सरकारले अब अलगअलग राज्य सरकारसँग मिलेर काम गर्ने बताउँदै ट्रम्पले सरसफाईमा विशेष ध्यान दिन, अत्यावश्यक बाहेक यात्रा नगर्न र भीडभाडमा नजान आह्वान समेत गरेका छन् ।

आपतकाल कति दिन सम्म रहने भन्नेबारे भने केही पनि खुलाईएको छैन । अमेरिकामा शुक्रबार बेलुकासम्म कोरोनाभाइरसबाट २२ सय ८७ जनामा संक्रमण देखिएको छ ।