२ वटा कार्यबिधि र निर्देशिका पास गर्दै सातौं गाउँसभा सम्पन्न
जाजरकोट, जाजरकोट कुशे गाउँपालिकाको ७ औँ गाउँसभा २ वटा कार्य बिधि र एउटा निर्देशिका पास गर्दै सम्पन्न भएको छ । दुई कार्यविधी, एक निर्देशिका पास गर्नुको साथै दुइृवटा वडालाई बिभाजन गर्ने निर्णय गरेर कुशे गाउँपालिकाको सातौं गाउँसभा तथा बिधायक सभा बिहिबार सम्पन्न भएको हो ।

दुई दिनसम्म चलेको सातौं गाउँसभा तथा बिधायक सभाले स्थानीय बाल अधिकार समिति तथा वडा बाल अधिकार समिति संचालन कार्यविधी–२०७६, बाल कोष संचालन कार्यविधी–२०७६ र बाल समुह रबाल क्लब तथा बाल संजाल गठन तथा सहजीकरण निर्देशिका–२०७६ लाई दफावार छलफल गरेर पास गरेको अध्यक्ष बस्नेतले जानकारी दिए ।
आगामी दुई बर्ष भित्रै कुशे गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्नुको साथै बालमैत्री स्थानीय शासन संचालन गर्ने लक्ष्य लिएको गाउँपालिकाको अध्यक्ष बस्नेतको भनाइ छ । हाल कायम गरिएको वडाको भुगोल आबश्यकता भन्दा ठुलो हुनुको साथै जनसंख्या पनि धेरै भएको हुदा वडाबाट गरिने कार्य सम्पादनका कामहरुमा असहज भएको हुदा वडा नम्बर २ र ५ लाई गाउँपालिकाको सातौं गाउँसभा तथा बिधायक सभाबाट विभाजन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।
वडा बिभाजनका लागि गाउँपालिकाको बिधायक सभाबाट पास गरिएको निर्णयलाई संघीय सरकारले कार्यन्वयन गर्ने जानकारी दिदै अध्यक्ष बस्नेतले उक्त दुइ वटा वडा बिभाजन भए पश्चात वडाको सचिवालयलाई कार्य सम्पादनमा सहजता हुने अध्यक्ष बस्नेतको भनाइ रहेको छ। कुशे गाउँपालिकाका बालबालिकाको लागि बनेको २ वटा कार्य बिधि र एउटा निर्देशिका निर्माण कुशे गाउँपालिकाको लागी यो पहिलो काम हो ।

