नेपालगन्ज गौसुलवरा कन्फ्रेन्समा कोरोना विरुद्ध प्रार्थना

बाँके, नेपालगन्ज गौसुलवरा कन्फ्रेन्समा कोरोना विरुद्ध प्रार्थना गरिएको छ । बिहिबार १२ औं जस्ने गौसुलवरा कन्फ्रेन्स फुल्टेक्रामा कोरोना बिरुद्धमा प्राथना गरिएको हो । इस्लामका विभिन्न पक्षबारे आम नागरिकलाई बुझाउन करिव एक दशक देखि फुलटेक्रामा यस्तो कन्फ्रेन्स हुँदै आएको छ ।

उक्त कन्फ्रेन्समा भारतको विभिन्न ठाउँबाट आएका मुस्लिम धर्म गुरुहरुले इस्लाम धर्मको आवश्यकता, महत्व र यस्ले दिने सन्देशकाबारेमा आ(आफ्नो धारणा राखेका थिए । त्यसक्रममा विश्वव्यापी आतंक मच्चाएको कोरोना भाइरस नेपालमा नभित्र्यिोस भनेर सामुहिक प्रार्थना समेत गरिएको हाजी रज्जब अलि अन्सारीले जानकारी दिए ।


कन्फ्रेन्समा मुख्य व्यक्तिको रुपमा मुकरिरे खुसुसी ,पिरे तरिकत रहबरे राहें शरिअत खतिबे जिशान हजरत, अल्लामा मैलाना, सैयद अल्हाज मोहम्मद आमिर मस‍्ऊदी साहब किब्ला खानकाह मस्ऊदीया बान्दा युपि, साथै जेरे निजामत हजरत हाफिज व कारी हस्सान रजा साहब किब्ला बरेली शरिफ, मुकरिरे जिशान फाजिले जलिल हजरत मौलाना नोमान अख्तर फेकुल जमाली साहब किब्ला झारखण्ड बिहार, त्यसैगरी शायरे हर दिल अजिज जनाब सन्दल जलाल पुरी अम्बेडकर नगर युपि, र शायरे हिन्दुस्तान बुलबुले मदिना जनाब शकिल रहबर चैनपुरीको सहभागीता रहेको थियो ।