स्वास्थ्यकर्मीको बिदा स्वीकृत नगर्नू : स्वास्थ्य मन्त्रालय
प्रकासित मिति : २०७६ फाल्गुन ३०, शुक्रबार २१:३५
प्रकासित समय : २१:३५
काठमाडौं , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका कर्मचारीलाई बिदा नबस्न आग्रह गरेको छ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव प्रमोद सिंखडाले शुक्रबार एक सूचना जारी गर्दै स्वास्थ्य संस्थामा कार्यारत स्वास्थ्यकर्मीको बिदा स्वीकृत नगर्न सातै प्रदेश, स्वास्थ्य सेवा विभाग, आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, संघीय अस्पताल र स्थानीय तहलाई अनुरोध गरेका हुन्।
शुक्रबार मन्त्रालयको सचिवस्तरको निर्णयले प्रसूति, किरिया बिदाबाहेक अन्य बिदा स्वीकृत नगर्न/नगराउने निर्णय गरेको हो। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै यस्तो निर्णयको उपसचिव सिंखडाले जनाए।