गुल्मीमा २८९ जनामा एचआइभी संक्रमण
प्रकासित मिति : २०७६ फाल्गुन ३०, शुक्रबार १५:४३
प्रकासित समय : १५:४३
गुल्मी , गुल्मी जिल्लामा २८९ जनामा एचआइभी संक्रमित रहेको पाइएको छ।
तीमध्ये सबैभन्दा बढी सत्यवती गाउँपालिकाका छन्। उक्त गाउँपालिकाका ५२ जनामा एचआइभीको संक्रमण देखिएको छ। यस्तै, रुरुक्षेत्र गाउँपालिकामा ३५, छत्रकोटमा २८, गुल्मीदरबारमा १६ जनामा एचआइभी संक्रमित रहेका छन्।
इस्मामा १८, धुर्कोटमा २२, मालिकामा १५, मदानेमा १३, कालीगण्डकीमा चार, चन्द्रकोटमा २०, रेसुङ्गा नगरपालिकामा २८ र मुसिकोट नगरपालिकामा ३८ जनामा एचआइभी संक्रमित रहेको गैरसरकारी संस्था हाम्रो जीवन प्लस गुल्मीले जनाएको छ।