कोरोना भाइरसबाट भारतमा एकजनाको मृत्यु
प्रकासित मिति : २०७६ फाल्गुन ३०, शुक्रबार ०७:३३
प्रकासित समय : ०७:३३
कोरोना भाइरसका कारण भारतमा एक जनाको मृत्यु भएको छ। भारतको कर्नाटक कालबुर्गीमा भाइरसबाट ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनी साउदी अरबबाट हालै भारत फर्किका थिए।
कर्नाटक राज्यको स्वास्थ्य र परिवार कल्याण विभागले विगतमा उनीसँग सम्पर्कमा आएकाहरुलाई पनि खोज्ने काम भइरहेको जनाएको छ। उनी उपचारका लागि तेलंगानाको एउटा निजी अस्पतालमा गएको र यसबारे तेलंगाना सरकारलाई पनि सूचित गरिएको विभागले जनाएको छ।
भारतको केन्द्रीय सरकारले जारी गरेको विज्ञप्ति अनुसार साउदी अरबबाट फर्केपछि उनलाई सास फेर्न समस्या हुनुका साथै खोकी र निमोनिया लागेको थियो।