आफैँले चलाएको बन्दुकको गोली लागेर शाही घाइते

दैलेख, दैलेखको नौमूले गाउँपालिका–२ का एक युवा आफैंले चलाएको बन्दुक लागेर घाइते भएका छन् ।

बाख्रा चराउन जङ्गलमा गएका बेला ३१ वर्षीय बिर्खबहादुर शाही बन्दुक पड्काउँदा घाइते भएका हुन् । शाहीको खुट्टा र हातमा गोली लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रहरी प्रमुख नैनबहादुर सावदले बताए ।

स्थानीयवासीले उद्धार गरी उपचारका लागि शाहीलाई जिल्ला अस्पताल पुर्‍याएका थिए । थप उपचारका लागि उनलाई प्रदेश अस्पताल, सुर्खेतमा लगिएको छ ।