अस्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना संक्रमण भएको पुष्टि

सिड्नी, अस्ट्रेलियाका गृहमामिला मन्त्री पिटर डटनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला अस्ट्रेलियन गृहमामिला मन्त्रीको परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

डटनले ट्वीट गर्दै बिहान उठ्दा आफूलाई घाँटी दुखिरहेको र उच्च तापक्रम भएको महशुस भएको र परीक्षण गराउँदा कोरोना भाइरसको संक्रमण देखिएको जनाएका हुन् ।

उनीसँगै अस्ट्रेलियामा २ सय जनाभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । अष्ट्रेलियामा सार्वजनिक समारोहमा प्रतिबन्ध लगाउने घोषणा भइसकेको छ ।

कोरोना भाइरस हालसम्म ११८ मुलुक एवं भूभागहरुमा फैलिसकेको छ । चीनको वुहान शहरबाट गत वर्षको अन्त्यसँगै शुरु भएको भएको यो प्रकोपका कारण विश्वभर १ लाख २५ हजार भन्दा धेरैमा संक्रमण देखा परेको छ भने यसबाट विश्वभर ४६ सय जनाभन्दा धेरैको मृत्यु भइसकेको छ ।