बाँकेमा दिनहु भइरहेको सवारी दुर्घटनाका बारेमा सासंद गहतराजको ध्यानकर्षण
बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले बाँकेमा दिनहु जसो भइरहेको सवारी दुर्घटनाका बारेमा सम्बन्धित सरोकातवालाको ध्यान आकर्षण गराएका छन । बिहिबार प्रतिनिधि शभाको बैठकमा बोल्दै सवारी दुर्घटना रोक्न प्रतिनिधिसभा मार्फत सरोकारवालाको ध्यान आकर्षण गराएका हुन ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै साँसद अथकले यहि फागुन २७ गते देखि २९ गतेसम्म ३ दिनमा ५ जनाको मृत्यु भएको भन्दै गम्भिर बन्न अनुरोध गरे । साँसद अथकले शभामा बोल्दै बाँकेको अगैयामा बिष्णु बेल्बासे , बैजनाथमा दिल बहादुर पुन ,कोहलपुरको पिपरीमा रामपति थारु, कोहलपुरको बसपार्क नजिक जय बहादुर रोका र जानकीमा ठाकुर खटिकको ज्यान गएको भन्दै मृतक प्रति श्रद्दान्जली र परिवारमा समबेदना प्रकट गर्दै मृतकका परिवार लाइ उचित राहत र क्षतिपुर्ती सहित घाइतेहरु लाइ उपचारको माग गरेका छन ।
यसै गरि प्रतिनिधिसभामा बोल्दै साँसद अथकले नेपालगन्ज खजुरा रोडमा पर्ने मेनिफ्याक्चिङ इन्डस्ट्रिज प्रालिले सँचालन गरेको चप्पल कारखानामा भीषण आगलागी हुदा सनाखत हुन नसकेको एक जनाको मृत्यु भएको र दिलिप चमार गँभिर घाइते भएको भन्दै करौडौको क्षति भएकोले राज्यले राहत दिनुपर्ने बताए ।
शभामा बोल्दै ट्राफिक प्रहरी लगायत सरोकारवाला निकायले समयमै ध्यान नदिए सवारी दुर्घटनाले भयानक रुप लिने जनाउदै आफुले यथासक्य रोकथामका लागि पहल गर्न आग्रह गरे गरेकाे जानकारी गराए ।

