कोहलपुरमा अर्को भयानक दुर्घटना, एक जनाको मृत्यु
प्रकासित मिति : २०७६ फाल्गुन २९, बिहीबार १०:०२
प्रकासित समय : १०:०२
कोहलपुर, बाँकेको कोहलपुरमा माइक्रो बसले अटोलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।बिहिवार बिहान मदनचोक देखि तीव्र आइरहेको भे १ ख २१२९ नम्बरको माइक्रो बसले जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरको गेटनजिकै भे १ ह १६५३ नम्बरको तिन पाङ्ग्रे अटोलाई ठक्कर दिदा एक जनाको ज्यान गएको हो ।
दुर्घटनाबाट मृत्यु हुनेमा अटो चालक बैजनाथ गाउँपालिका–२ मकैबारीका जय बहादुर रोकाको ज्यान गएको हो ।
अन्य अटोमा सवार तीन जनाको अवस्था पनि गम्भिर रहेको छ । उनीहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
घाइते मध्ये बैजनाथ गाउँपालिका–१ चिसापानीका सुजन शाही, जुम्लाको तिला गाउँपालिका ५ का मदन शाही र परिचय नखुलेका अर्का एक जना गम्भिर रहेको प्रहरीले जनाएको छ । उता बसमा सवार यात्रुहरु भने सामान्य घाइते भएका छन् ।