सपना नेपाल आर्मी बन्ने थियो तर मोडियो हिल्टर्नतर्फ

सपना मोडिएको त्यो रात

सुर्खेतको पल्लो छेउ माथि हरियाली जंगल तल बजारको गरामगरम शान्त बतावरण घरि यता घरि उता गरिरहेका देखिन्थे । अलि फरक प्रकृतिको ब्यवहारिक शिक्षाको प्रबचन दिन खोलिएको त्यो बिद्यालय झट्ट हेर्दा केहि बिशेष लाग्ने बातावरण सहरको कोलाहल भन्दा बेग्लै आनन्दको अनुभुति गर्न सकिने । हामी त्यहाँ पुग्दा केहि बिद्यार्थीका साथमा गिठी कुटिरहेका देखिन्थे केशव कठायत ।

कालिकोटको पचालझरनाको फेदीमा हुर्किएका कठायत यतिबेला बेग्लै हुटुहुटी बोकेर सुर्खेत हान्निएका छन । भर्खरका लहलहाउँदा कठायतको सपना छ सभ्य र समृद्ध कर्णाली देख्ने । कर्णालीको बिकासका लागि आफनो पनि केहि पसिना खन्याउनुपर्छ भन्ने मान्यता सहित उनि कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका छन ।

वरीपरी बिभिन्न जातका तरकारी हरियो साग लटरम्मा फलेका गोलभेडाँ र टमाटरले पनि बताउँछ उनि कति मेहनति छन । आफनै गतिलो किचेन अनि कोचिङ कलाश सहितको भवन कुनै मै हुँ भन्ने रंग रोदन छैन । तर छ त सभ्यताको अनौठो चमक मै लोभ्याउने रंगिन सपान ।

तपाई सुर्खेत हुनुहुन्छ ?
एकपटक पुग्नुस
सुर्खेत बजारसंगै जोडिएको जंगलको छेउमा छ ।
कुलिनरी द हस्पीटालिटी सेन्टर ।
हस्पीटालिटीको महत्वको बिषयमा गजबको प्रबचन हुन्छ ।
त्यो भन्दा स्वादिलो त्यहाँका बिद्यार्थीले आफैले उत्पादन गरेर पकाएको परिकारहरु चाख्न सक्नु हुन्छ ? अझ बढि सभ्यताको बिषयमा प्रशिक्षण हुन्छ ।

बाल्यकालले सिकाएको त्यो ज्ञान

केशवको घर पचालझरना ३ खार्दु अर्थात पचालझरनाको फेदीमा हो । घर परिबारको सल्लाहामा उनको परिबार मान्मा नजिकैको गाउँ लुस्सा सर्यो उनको बाल्यकाल त्यतै बित्यो । २०४४ सालमा जन्मीएका केशवका बुवा बनपाले थिए । सानोतिनो बनको जागीरले घरको जोहो टार्थे । समय बित्दै गयो समयसंगै आबश्यक्ता र रहरहरु पनि थपिदै गए । तर घरको उत्पादन थपिएन ।

बुवाको पाले जागिरबाट आएको पारिश्रमीक सबै खाद्यको चामलमा सकिन्थ्यो । घरका अरु आबश्यक्ता जहाँको तँहि हुन्थे । माउली घरको बसाई केशबको कम घतलाग्दो बितेन । उनले ६ महिनासम्मा चप्पल नलगाएर हिडदाका ति पल उनका लागि अमिट छाप बनेर बसेका छन । बाल्यकाल सम्झदा केशब बहुत आनन्द लिन्छन । भन्छन त्यहि बाल्यकालले जिम्मेबार बन्न सिकायो । अझै केहि गर्छु ।

दन्द्धका कारण बिस्थापित घरपरिबार

उबेला रोल्पा,रुकुम,जाजरकोट,कालिकोट माओबादीका दन्द प्रभावित क्षेत्र थिए । राज्यले पनि त्यहाँका बासिन्दालाई माओबादीकै आखाँले हेर्ने गर्दथ्यो । तर त्यहाँका बासिन्दाको बास्तविक्ता भने निक्कै भिन्न थियो । दोहोरो चेपुवामा पर्नुपर्ने बाध्यता त्यहाँको बासिन्दाको थियो । त्यहि चेपुवामा पर्यो केशवको घरपरिबार ।

अस्तिसम्मा सेल्टर दिएका कामरेडहरु गाँउ पसेपछि उनका बाउलाई सिआइडी देख्न थाले । उनि भन्छन मान्छेहरु कति छिटै रंग बदल्छन । संगै सिरानी र खुवाइ पिआई हुने साथीहरु रातरात बिराना देखिन थाले । कठायत परिबारलाई त्यहाँ बस्न उकुसमुकुस भयो । कालिकोटबाट २०५९ सालतिर तराई झरे । कैलालीको लम्कीमा कोठा भाडामा बस्न सुरु गरे । भाडाको जिन्दगी फरक रहनसहन नयाँ अध्याय सुरु भयो । कालिका माबीबाट एसएलसी दिए । भबिश्यको खोजीमा काठमाडौँ हान्नीए ।

अधुरै रहयो नेपाल आर्मी बन्ने त्यो रहर

एसलसीसंगै केशबका रहरहरु पनि बदलिए । उनलाई नेपाल आर्मीको अफिसर बन्ने रहर जाग्यो । काठमाडाैँ चावहेलको पशुपति कलेजबाट १२ पास गरे । नेपाली सेनामा भर्ना हुन फारम भरे । शारीरीक हिसाबले तन्दुरुस्त उनि करिबकरिब बन्नेमा ढुक्क थिए । तर त्यहाँ भित्रको गलत संस्कारका कारण उनि बन्न सकेनन् । पहुँच र शक्तिको दलदलमा फसेको नेपाली संस्कारको उनि शिकार भए ।

पावर पहुँच बिना केहि नुहने भन्दै उनले आर्मी बन्ने सपना त्यहि बिट मारे । केशब अहिलेपनि त्यो सम्झदा तिनछक्क पर्छन । नेपालमा गरिब सोझासाझाले सरकारी जागीर खानु निक्कै कठिन भएको उनको बुझाई छ । एकजना साथी र उनले दिए साथी जुनियर थियो तर भित्र आफनो मान्छे भएकोले उ भयो केशब भएनन । त्यो कदमले केशबको मनमा गहिरो छाप पर्यो । उनले जिवनको मार्ग नै बदले ।

१५ सयको जागीरले किनेकोे जुत्ताले…

कुराकानीको बिचमा टक्क रोकियर केशव आफनो खुटातिर हेर्छन । जुत्ताले भन्दा खुटाले भबिश्य बनाउने सिद्धान्त बोकेका उनि आफनो पहिलो जागिरबाट जुत्ता किनेको किस्सा गजबले सुनाउँछन ।
अरे दाई
जिन्दगी गजब छ भन्दै
मन्द मुस्कुराउँछन ।

उतिबेला काठमाडौँको बसाई केशवका लागि निक्कै महङगो सावित भयो । घरबाट आउने भन्दा बढि खर्च हुन थालेपछि उनका तनाबका दिनहरु सुरु भए । जागीरको लागि भौतारीन सुरु गरे धौ धौ एउटा हेल्थ क्लबमा १५ सयको जागीर पाए । त्यो जागिर पाएको दिन उनको मन भुइमै रहेन । केहि महिनाको जागिरे जिवनबाट उनले आफुले लगाउन चाहेको जुत्ता किने त्यो दिन उनलाई संसार किनेको महशुस भयो । सोचे अब यहि जुत्ताबाट संसार जित्नेछु ।

प्रेरणाका स्रोत डियर खेमराज सर

केशव आफु अहिले उभिएको धरातल बनाउन आमाबुवा पछिको प्रेरणाको स्रोत गुरु खेमराज लकाँईलाई ठान्छन । ग्लाेबल एकेडेमी एन्ड हस्पीटालिटी एजुकेशनगेटका फाएनडर लकाँइले केशवलाइर् बाटाे देखाए ।  काठमाडौँमा बरालिरहेको कर्णालीको ठिटोलाई मान्छे बनाउन गुरु खेमराजले गरेको योगदान भुल्न लायक छैन । जिवनलाई जिन्दगीको मिठो धागोमा उन्न लकाँइले खेलेको भुमिका उनका लागि गतिलो छाप बनेको छ ।

हेल्थ क्लबमा काम गर्थे एकदिन बिजया शर्मा भन्ने दिदिसंग जम्का भेट भयो । कुराकानीको बिचमा केशबका कुराले बिजयाको मन पगाल्यो । उनी भन्छन उम्दा भबिश्यको बाटो देखाइन त्यहि बाटो अनुसरण गरँे । बिजया दिदि र खेमराज सर जस्तो गुरु पाएँ जिन्दगीको राजमार्ग फराकिलो भयो । खेमराज लकाँइलाई जिवनको आइडलका रुपमा बुझने केशव अब केहि नयाँ काम गरेर देखाउने दाबी गर्छन । भन्छन नमुना काम गर्छु यो मेरो दाबी पनि हो ।

साच्चैँ जिवन सिकाई नै रहेछ

हर कुरालाई सिकाइको रुपमा बुझने कठायत अहिले मान्छेका अनुहार पढन माहिर भएका छन । कोहि मान्छे आवस उनका अगाडि अनुहारको भाषा सजिलै बुझछन । केशबले जब एचएम पढे जिवन सिकाई रहेछ भन्ने अझ गहिरो ढंगले बुझे । काठमाडौँमा एचएम कोर्ष पढे पढदै पार्टटाइम जागिर पनि गरे । त्यहि जागिरबाट बिद्यालयको शुल्क आफु बस्ने खर्च मिलाए । निरन्तर मेहनत र गतिशिल बन्नले आफुले सार्थकता पाएको बताउँछन । सभ्यता र संस्कारको बिषयमा राम्रो ज्ञान आर्जन गरको ।

हिल्टनको त्यो यात्रा

जब हिल्टन ग्रुपमा काम गर्न उनि हान्निए । हिल्टन रासअल खाइमह दुबैमा उनले  जिवनको बास्तवीक महत्व अझ बुझ्ने मौका पाए । श्रम र जिवनको परिभाषा गहन ढंगले अध्ययन गर्ने अबसर प्राप्त गरे । हिल्टनमा काम गर्दा केशबलाई ठुलाठुला महलहरुले उनलाई सोच्न बाध्य गरायो ।

हिल्टनमा आउने पैसावाला ग्राहक अनि मान्छेको जिवन उनले निक्कै ठुलो अन्तर पाए । हिल्टनमा उनको पारिश्रमीक करिब २१ सय डलर हुन्थ्यो । त्यो पैसाले उनलाई सन्तुष्ट दिलायन । बरु आफैले केहि गर्नुपर्छ भन्ने सिकायो । 

मारीयाले देखाएको प्रेम

अहिलेपनि केशवको अभावमा प्रेम हुदैन भन्ने मान्यता छ । उनि काठमाडौँको सडकमा बरालिदा प्रेमको कुनै नहरले छोयन । तर हिल्टनबाटै जिवनको यात्रा नयाँ अध्यायमा सुरु भयो । २०११ मा एउटै अफिसमा काम गर्ने फिलिपीन्सकी मारीया स्कालासंग भेट भयो । संयोग एउटै अफिसमा काम गर्ने अबसर जुर्यो । केशवको नजरमा मारीया अरु भन्दा भिन्न स्वभावकी लागीन । मारीया आफना दुःख सुखहरु खुलेरै सेयर र सहयोग गर्थिन ।

प्रेमले जिवन तान्छ सहयोगले मन तान्छ मन जिवनको परिबन्दमा परिसकेका उनिहरु असल साथी थिए । समयले बिस्तारै मारीयासंग परिपक्क प्रेमी बनायो । अन्ततः केशबले मारीयलाई जिवनसाथी बनाउने टुंगोमा पुगे मारीयालाई नेपाल ल्याएर आमा बुवासंग भेट गराए ।

बुवाआमासंगको भेटले उनि बिहेको टुंगोमा पुग्यो । २०१५ मा बिहे गरे र मारीयालाई नेपाल ल्याएर आए । नेपालको कानुनी झमेलाको बिषयमा उनि कुरै गर्न दिक्क मान्छन । सोझै घुस माग्ने कर्मचारी र काम गराईको तरीकाले उनि केहि समय बिहे स्वीकृत गर्न हम्मेहम्मे भएको बताउँछन ।

सिकेको जति कर्णालीमै लगानी गर्छु

माटो र मातृभुमि भन्दा अरु केहि प्यारो हुन नसक्ने उनको ठहर छ । आफु जन्मेको माटोलाई केहि गर्नुपर्छ भन्ने मान्यताले उनि फेरि कर्णाली पुगेका छन । कर्णाली निक्कै पछाडि परेको नभएर पारीएको उनको बुझाई छ । राम्रा मान्छेहरु कर्णाली बस्न मन नपराउने कारणले पनि कर्णाली पछाडी परेको उनको बुझाई छ । आफुले बिदेशमा सिकेको ज्ञान अब उप्रान्त कर्णालीमा लगानी गर्ने उनको सोच छ ।

कर्णालीमा पसिना छरेर सुन उमार्ने उनको सपना छ । साच्चीकै बिदेशीहरुलाई कर्णालीको पहिचान पहिल्याउने उनको रहर छ । त्यहि रहरले उनि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत हान्निएका छन । उनि हर शिक्षालाई ब्यवहारमुखि हुनुपर्ने बताउँछन । सैदान्तिक शिक्षाले ज्ञानी भएपनि दक्ष नबनाउने उनको भनाई छ । आफुले देश बिदेश बसेर सिकेको ज्ञान कर्णालीमा लगानी गर्ने ।