हलिउड अभिनेता टम ह्यांक्स पनि कोरोनाबाट संक्रमित
एजेन्सी , ओस्कर विजेता हलिउड स्टार टम ह्यांक्स र उनकी पत्नी रिटा विल्सनलाई पनि कोरोना संक्रमण भएको छ।
हलिउड अभिनेता टम ह्यांक्स अस्ट्रेलियामा चर्चित अमेरिकी गायक एल्विस प्रेस्लेमाथि बनिरहेको चलचित्र सुटिङका लागि पुगेका थिए। उनमा कोरोना भाइरस परीक्षण पोजिटिभ आएको हो। ‘रिटा र म अस्ट्रेलियामा छौँ। हामीलाई थकान महसुस भयो। केही ज्वरो र शरीरमा पीडा हुन लाग्यो। तर हामीले यसको तनाव लिएनौँ’, टमले भनेका छन्, ‘स्वास्थ्य जाँच गराउँदा कोरोना पोजिटिभ देखियो।
अहिले हामी स्वास्थ्यकर्मीको सल्लाह अनुसार काम गरिरहेका छौँ। जनस्वास्थ्य र सुरक्षाका लागि हामीले निगरानीमा रहनुपर्नेछ।’ ह्याक्सलाई सन् १९९६ मा फर्रेस्ट गम्पका लागि ओस्कर अवार्ड दिइएको थियो। ह्यांक्स र स्पेन्सर ट्रेसी अहिलेसम्म लगातार २ पटक ओस्कर जित्ने कलाकार हुन्। ‘फर्रेस्ट गम्प’मै आधारित भएर बलिउड अभिनेता आमिर खान फिल्म ‘लाल सिंह चड्ढा’ बनाइरहेका छन्।