‘सभामुखज्यू हामीले उपसभामुख कहिले पाउँछौँ’
प्रकासित मिति : २०७६ फाल्गुन २९, बिहीबार १२:५४
प्रकासित समय : १२:५४
काठमाडौं : सांसद लक्ष्मी परियारले प्रतिनिधिभाले उपसभामुख कहिले पाउँछ भनेर सभामुखलाई प्रश्न गरेकी छन्।
बिहीबारको संसद् बैठकमा सांसद परियारले सभाले उपसभामुख नपाउनुको कारण माग गर्दै यस्तो प्रश्न गरेकी हुन्। ‘तपाईं सभामुख निर्वाचित भएको ४६ दिन पुग्यो। तपाईंलाई बधाई छ।
तर, यतिका दिनसम्म प्रतिनिधिसभाले उपसभामुख किन पाउन सकेन, के बाधक भयो, किन ढिलाइ भयो?’ सभामुखलाई प्रश्न गर्दै उनले भनिन्। संघीय संसदको प्रतिनिधिसभामा उपसभामुख पद खाली छ।
तत्कालीन उपसभामुख शिवमाया तुङ्बाहाम्फेले राजीनामा दिएपछि खाली रहेको उक्त पदमा निर्वाचन भएको छैन।